काठमाडौँ । एनएमबी बैंकमा चोरीको प्रयास भएको पाइएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको एनएमबी बैंकमा माघ १२ गते चोरीको प्रयास भएको हो ।
बैंक चोरीको प्रयास गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर-१८ दुधराशका २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालयका अनुसार राति करिब २ बजे चौधरीले बैंकको गेटको ताला तोडेर भित्र छिरेका थिए । उक्त सूचना पाएलगत्तै प्रहरीको टोलीले उनलाई चोरीका उपकरणहरूसहित पक्राउ गरेको हो ।
पक्राउका क्रममा चौधरीसँग ताला तोड्ने हथौडा, छिना, र पिलास फेला परेको छ। साथै, उनले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ । हाल चौधरीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।