DISH HOME

सिटिजन्स बैंकद्वारा रिन्यू फाउन्डेसन नेपाललाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ। बैंकले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको हो ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएको छ ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

समारोहमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै