prabhu

विकास बैंकहरुको नाफा पौने ३ अर्ब रुपैयाँ, सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक

काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्मको तथ्यांकअनुसार बैंकहरुले २ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा २८.९५ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको सोहि अवधिसम्म विकास बैंकहरुको कुल नाफा २ अर्ब १६ करोड २३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ६ वटा विकास बैंकको नाफा बढेको छ भने २ वटा बैंकको घटेको छ।

यता, मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने वृद्धिदरका हिसाबले कामना सेवा अगाडि रहेको छ। चालु आर्थिक वर्षको मंसिरसम्म मुक्तिनाथ विकास बैंकले ५८ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रोमा गरिमा विकास बैंकले सबैभन्दा धेरै ५१ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, शाइन रेसुंगाले समीक्षा अवधिसम्म ४७ करोड ५९ लाख, लुम्बिनी विकास बैंकले ३८ करोड ६८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३३ करोड १० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २१ करोड २९ लाख रुपैयाँ, सांग्रिला विकास बैंकले २० करोड ७० लाख रुपैयाँ र ज्योति विकास बैंकले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै