PRABHU BANK

एभरेष्ट बैंकको क्युआर कोड सेवा जानकी मन्दिरमा सुरु, मोबाइलबाटै भेटी चढाउन सकिने

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जनकपुरको जानकी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले जानकी मन्दिरमा मोबाइलबाटै भेटी चढाउन सकिने गरी उक्त क्युआर कोड सेवा सुरु गरेको हो । बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका हुन् ।
नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड सेवा प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले जानकारी गराएका छन् । उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको पनि उपस्थिति रहेको थियो । बैंकले हालसम्म १ सय २ शाखा संजाल, १ सय ३४ एटीएम र ३१ वटा संकलन केन्द्रमार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै