PRABHU BANK

मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच सम्झौता, व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिइने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच सम्झौता भएको छ । बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार बैंकले संघमा आबद्ध सबै व्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सम्झौता भएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम व्यवसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ । यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकको २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै