PRABHU BANK

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त, बैंकिङ क्षेत्रको लामो अनुभव

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले देवकोटा सीईओ पदमा नियुक्त गरेको हो ।
२ दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । १ महिना अगाडि उनले सिटिजन्स बैंक छाडेका थिए । उनले फागुन २ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै