PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई दराजबाट सामान खरिद गर्दा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई दराजबाट सामान खरिद गर्दा १८ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ । ग्राहकहरुले दराजबाट न्यूनतम् १ हजार ८ सय रुपैयाँको खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् ।

साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, १ हजार ८ सय रुपैयाँसम्ममात्र छुट पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै