नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सेवा दिँदै

काठमाडौँ । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ। बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन बैंकिङ प्रणालीको सुरुवात गरेको हो ।

नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट तत्कालका लागि बैंकिङ प्रणालीको सेवा दिन थालिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको जनाएका छन् ।

उनले भने, ‘हामी ग्राहकको चाहनालाई महसुस गर्दै नवीन समाधानहरु प्रदान गर्न कटिबद्ध छौँ। अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिविम्बित गर्दछ ।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्