PRABHU BANK

नबिल बैंकले एकैपटक माग्यो विभिन्न पदका लागि ८९ जना कर्मचारी

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्ट भनेर ७० जना र सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारीको माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १ वर्षको परीक्षण अवधि सकिएपछि अधिकृत तहमा पदस्थापन गरिनेछ ।
उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ मा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्नेछन् । यसैगरी ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ । सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंकको अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै