prabhu

तीन महिनामा वाणिज्य बैंकका कर्मचारीहरूको तलब झण्डै १ अर्ब रुपैयाँले बढ्यो

काठमाडौँ । वाणिज्य बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को असोजसम्ममा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँले बढेको हो ।

यस अवधीमा बैंकका कर्मचारीहरूले १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब पाएका छन् । गत वर्षको सोही अवधिमा बैंकका कर्मचारीहरूले १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ मात्रै तलब पाएका थिए । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च घटेको छ । यस अवधीमा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी रहेको छ ।

समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्मचारी खर्च ३६.९६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २६.६९ प्रतिशत, प्राइम बैंकको २१.७८ प्रतिशत, हिमालयन बैंकको २१.१५ प्रतिशत, कुमारी बैंकको १८.९१ प्रतिशत, सिद्धार्थ बैंकको १४.९४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १४.३३ प्रतिशत, प्रभु बैंकको १४.२१ प्रतिशत, सानिमा बैंकको १४ प्रतिशत, एभरेष्ट बैंकको १२.९६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.४४ प्रतिशत, एनएमबी बैंकको ६.४० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२४ प्रतिशत, सिटिजन्स बैंकको २.७९ प्रतिशत, नेपाल बैंकको २.४१ प्रतिशत र कृषि विकास बैंकको १.९२ प्रतिशत कर्मचारी खर्च बढेको छ ।

यता, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकको कर्मचारी खर्च भने घटेको छ ।ग्लोबल आइएमई बैंकको कर्मचारी खर्च २३.९२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.३१ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.०३ प्रतिशत र नबिल बैंकको ३.७३ प्रतिशत कर्मचारी खर्च घटेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै