PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा ग्लोबल आईएमई बैंकसहित अन्य २ कम्पनीको बोनस सेयर सूचीकृत

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ३ कम्पनीको गरी २ करोड ८४ लाख ८२ हजार ६४९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत ४ गते ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचीकृत भएको छ । बैंकको १४ प्रतिशत अर्थात २ करोड ६५ लाख ६६ हजार २३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै लक्ष्मी विकास बैंकको ७ प्रतिशत अर्थात १९ लाख १ हजार ४१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी नेपाल सेवा लघुवित्तको २.५ प्रतिशत अर्थात १५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी ३ कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । र दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै