PRABHU BANK

युनाईटेड फाईनान्सको २४औं शाखा कार्यलय धनगढीमा

United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाईटेड फाईनान्सले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि कैलाली जिल्लाको धनगढी चौराहामा आफ्नो २४औं शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ । युनाईटेड फाईनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै