![# NMB Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjuoE_PQ_kWGrIc6TyqASHFLhea9fWtCyQITN9BxF5gddsAYpCj2tZ8bnYOA4kBbjcHm5Pxd_mlWnnBg_Lp_m5bO9wRkQdlYk9hKQ3U0UPKbIWcF6nMqiuq3ndfdL62verdRWPrpgTt5eVR/s16000/NMB-BANK.jpg)
- बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा आकर्षक योजना सार्वजनिक गरेको छ । माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले साना निक्षेपकर्तालाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो । यससँगै बैंकले सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा ७.२५ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।
हाल अधिकांश बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिए पनि एनएमबि बैंकले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बताएको छ । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा बैंकले उच्चतम ब्याज प्रदान गर्दै आइरहेको छ । बैंकले हालसम्म १सय ८० वटा शाखा कार्यलय १ सय ३६ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।