PRABHU BANK

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा रुपन्देहीको तिलोत्तमा, सुदिप फुयालद्धारा उद्घाटन

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देही जिल्लाको तिलोत्तमास्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त सेवाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् । क्युआर कोड सेवा सुरु भएसागै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै