काठमाडौँ । बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पछिल्लो समय बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको खुलासा गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारी हुँ तपाइँको खाता नवीकरण वा अद्यावधिक गर्नुपर्नेछ भनी सर्वसाधारणबाट व्यक्तिगत विवरण माग्ने गिरोहहरु सक्रिय रहेका छन् ।
सीआईबीले एक सूचना जारी गर्दै अनलाइन ठगीबाट बच्न आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘उनीहरुले बैंक अकाउन्ट नम्बर, जन्म मिति, ओटीपी, ठेगानालगायतका गोप्य विवरण माग गरेका छन्, खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा स्क्यामर र ह्याकरले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेका छन् ।’ यो हेर्नुहोस्: