PRABHU BANK

एनएमबी बैंकको क्यूआर कोड सेवा गैडाकोट एग्रोमार्टमा प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले क्यूआर कोड सेवा गैडाकोट एग्रोमार्ट प्रालिमा संचालनमा ल्याएको छ । बैंकको गैडाकोट शाखाले गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अब देखि विद्युतिय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको छ ।
गैडाकोट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज वास्तोलाले मन्तव्य राख्दै क्यूआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागी नेपाल राष्ट्र वैंकले ल्याएको नीतिको बारेमा जानकारी दिए । 
यस्तै कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने बताए । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरीएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. ४ का वडासदस्य तेज प्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष हर्क बहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै