prabhu

सर्वोत्तम सिमेन्टले कानुन विपरित काम गरेको खुलासा, कानुनको धज्जी उडाउँदै, जनता झुक्याउँदै (प्रमाणसहित)

Cement Company
  • बैंकिङ संसार
काठमाडौं । बुक बिल्डिङ विधिबाट भन्दै महँगोमा आइपीओ निष्काशनको तयारी गरिएको सर्वोत्तम सिमेन्टले प्रचलित कानुन विपरितको काम गरेर मनपरी गरेको खुलासा भएको छ । नियामक धितोपत्र बोर्डको ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३’को धज्जी उडाउंदै मनपरी गरेको रहस्य बाहिर आएको हो । प्रचलित कानुनले गर्न पाइदैन भनेको तथ्यलाई जवर्जस्ती गरी कम्पनीले मनपरी गरेको रहस्य बाहिर आउँदा पनि धितोपत्र बोर्ड केहि नबोल्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३ मा स्पष्ट भनिएको छ-‘संगठित संस्थाले आफूले निष्काशन गर्न लागेको धितोपत्रको सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमार्फत सार्वजनिक सञ्चार माध्यमबाट प्रयाप्त प्रचारप्रसार तथा विज्ञापन गर्नुपर्नेछ । तर निष्काशन हुन लागेको धितोपत्र सम्बन्धी जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न पाइने छैन ।’
कानुनमा थप स्पष्ट पार्दै उल्लेख गरिएको छ- ‘निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र निष्काशन खुला रहेको अवधिमा तथ्यले पुष्टि गर्ने बाहेक धितोपत्रको माग अत्याधिक भएको आशयको प्रचारप्रसार गर्न पाउने छैन ।’तर सर्वोत्तम सिमेन्टले उक्त दफालाई चुनौती दिँदै लगानीकर्तालाई आकर्षित गर्ने किसिमको प्रचारप्रसार गर्दै यो नियमको धज्जी उडाएको छ । कम्पनीले आइपीओ जारी गर्नु अवागै लगानीकर्तालाई आकर्षित गर्न ३५ प्रतिशत लाभांश दिने घोषणा समेत गरिसकेको छ । जुन सरासर कानुन विपरितको काम हो ।
कम्पनीले गरेको यस्तो काम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ को दफा २३ मा भएको धितोपत्र बोर्डकै ठम्याई छ । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन हुन लागेको र बढी मुल्यको सेयर बिक्री नहुनेदेखेपछी कम्पनीले अनेक तिकडमबाजी गरिरहेको छ । यस विषयमा सर्वोत्तम सिमेन्टलाई छिट्टै नै स्पष्टीकरण सोध्नुपर्ने सेयर लगानीकर्ताहरुको माग छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै