PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सोलुखुम्बुमा, कल्पना राईद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५६ पुगेको छ । बैंकले सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेकी हुन् ।
उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् ।
कृषि पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ । बैंकले हालसम्म २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै