PRABHU BANK

नबिल बैंकद्धारा ‘नबिल आइकार्ड’ सार्वजनिक, अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल आइकार्ड’ सार्वजनिक गरेको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै युएडि डलर नबिल आइकार्ड सार्वजनिक गरेको हो । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकत्तम अमेरिकी डलर ५०० बराबरको इकर्मश साइटमार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्ने भएका छन् ।
सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुने भएको छ । यस कार्डबाट ग्राहकले एकै पटक वा पटक पटक गरी १ वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने भएका छन् । बैंकले हालसम्म १ सय १९ शाखा, १ सय ८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै