PRABHU BANK

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ सेवा सञ्चालनमा, ग्राहकले भोगिरहेका समस्याहरुको निवारण गरिने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ सेवालाई परिस्कृत गरेको छ । यससँगै बैंकका खाताबहाक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग गर्न पाउने भएका छन् । परिस्कृत मोबाईल बैंकिङ सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न थप उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । यो परिस्कृत सेवाले हाल ग्राहकले भोगिरहेका विभिन्न समस्याहरुको निवारण गर्ने भएको छ । हाल बैंकले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिने भएको छ ।
परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यममार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाको बारेमा विस्तृत जानकारी लिन, ग्राहकको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवर्ड भुलवस बिर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन आदि सेवाको उपयोग गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै