prabhu

ज्योति विकास बैंकको क्युआर कोड भुक्तानी सेवा रुपन्देहीको अमुवा बजारमा, नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्य

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रुपन्देहीको अमुवा बजारमा क्युआर कोड भुक्तानी सेवाको सुरुवात गरेको छ । बैंकले बुधबार रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको हो । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर वितरण गरेको छ ।
बिहीबार आयोजित क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्युआर हस्तान्तरण गरेका हुन् । क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने भएको छ ।
क्युआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्त हुने बैंकले जनाएको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिङलाई थप प्रर्वद्धन र देशभरी नै क्युआर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ । बैंकले हालसम्म १ सय ५ शाखा कार्यालय, ६१ वटा एटिएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै