PRABHU BANK

एडीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत छिमेक लघुवित्तलाई ऋण सहयोग गर्ने

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता अनुसार एडीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत छिमेक लघुवित्तलाई ऋण सहयोग गर्नेछ । सो रकमबाट छिमेक लघुवित्तले ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायका व्यक्तिलाई आयआर्जनका लागि ऋण प्रदान गर्ने जनाइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारी लगायतको सहभागिता थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै