prabhu

महालक्ष्मी विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ९.२६ प्रतिशत लाभांश पारित

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको चैत्र १३ गते शुक्रबार आफ्नो १९औं वार्षिक साधारणसभा भिडियो कन्फरेन्समार्फत सफलतापूर्वक सम्पन्न भएको हो ।
उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत लाभांश का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै