PRABHU BANK

‘डिजिटल बैंकिङसँगै वित्तीय साक्षरताको महत्व झन् बढ्दै गएको छ’: डेपुटी गभर्नर ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले डिजिटल बैंकिङसँगै वित्तीय साक्षरताको महत्व झन् बढ्दै गएको बताएकी छिन् । उनले मिडिया इनटरनेशनल नेपालले काठमाडौँमा आयोजना गरेको वित्तीय शिक्षा र उद्यमशीलता अन्तर्गत ‘फाइनान्सियल लिट्रेसी, बिजनेश एण्ड लिडरसिप समिट’ कार्यक्रममा यस्तो बताएकी हुन् ।

डेपुटी गभर्नर तिम्सिनाले भनिन्, ‘पछिल्लो समय डिजिटल बैंकिङमा गइ सकेपछि अनलाइन सिस्टमहरु आएका छन् । क्युआर कोर्डको प्रयोग बढ्दो छ । घरमै बसेका धेरै बैंकिङ सेवाहरू पाउन सकिन्छ । त्यसैपनि पनि वित्तीय साक्षरता बढेको छ ।’

योसँगै उनले वित्तीय साक्षरताको अभावकै कारण ऋणीहरूमा कर्जा तिर्दिन भन्ने प्रवृत्ति बढेको पनि उल्लेख गरेकी छिन् । उनले वित्तीय साक्षरता अभिवृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने पनि बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै