PRABHU BANK

दशैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने !

काठमाडौँ । आजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यसपालि दशैँका लागि असोज १३ गतेदेखि सफा र सुकिला नोट सटहीको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न पाइने भएको छ ।

त्यस्तै, राष्ट्र बैंकले विगतका वर्षहरूमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिँदै आए पनि यसवर्ष भने नयाँ नोटको साटो सुकिला नोट दिने भएको छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १-१ बन्डल गरी १८ हजार पाँच सय रुपैयाँ सटहीको व्यवस्था गरेको  हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै