PRABHU BANK

एनआईसी एशिया बैंकले गर्यो घातक रोगको उपचार वापत आरती मानन्धरलाई १० लाख बीमा रकम भुक्तानी

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।
हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्ने भएका छन् । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जना भन्दा बढी ग्राहकले बीमा वापतको २ करोड ६६ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै