PRABHU BANK

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका २८ वर्षीय लामा पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय सशङ्क लामा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई असोज ६ गते काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो ।

लामा काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै