PRABHU BANK

नबिल बैंकका ग्राहकहरूलाई र्याडिसन होटलमा छुट

काठमाडौँ । नबिल बैंकका ग्राहकहरूलाई र्याडिसन होटलमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई र्याडिसन होटलको सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट-क्रेडिट कार्ड, एनबैंक तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट हुने भएको हो ।

नबिल बैंक र र्याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार खानेकुरा, पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा छुटको व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै