PRABHU BANK

वाणिज्य बैंकहरुले साउन महिनामा कमाए ९ अर्ब बढी नाफा

काठमाडौँ । साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यस बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, दोस्रोमा नबिल बैंक रहेको छ । यस बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, कृषि विकास बैंकले ७१ करोड २० लाख, हिमालयन बैंकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख, प्रभु बैंकले ५३ करोड ८० लाख, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख, कुमारी बैंकले ५० करोड ३५ लाख, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख, एनएमबी बैंकले ४२ करोड ७२ लाख र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साथै, सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३४ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा आम्दानी गरेका हुन् । साथै, एनआईसी एशिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ नाफा एक महिनामा आर्जन गरेको छ ।

यता, सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने दोस्रोमा नेपाल बैंकले सबैभन्दा कम २२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै