PRABHU BANK

बैंकका सिइओलाई अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम नगर्न नेपाल राष्ट्र बैंकको निर्देशन

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम नगर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले संस्थागत सुशासनको व्यवस्था जारी गर्दै बैंकका सिइओलाई अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम नगर्न निर्देशन दिएको हो ।
भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाको कार्यकारी प्रमुखले आफु कार्यरत संस्था बाहेक अन्य कुनै पनि संस्थामा काम गर्न नहुने व्यवस्था गरेको छ । यस्ता संस्थाले अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्नेछ । यदि यस्ता संस्थाका सिइओले राजिनामा दिएमा ७ दिन भित्रमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिनु पर्नेछ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएको ३ महिना भित्रमा नियुक्त गरिसक्ने पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी विभागले जारी गरेको निर्देशनमा सञ्चालकले आफ्नो संस्थाको व्यवस्थापकीय काम कारबाहीमा हस्तक्षेप गर्न नपाउने व्यवस्था गरिएको छ । यस्ता भुक्तानी सेवा प्रदायक संस्थाबाट सञ्चालकले आफ्नो संस्थाबाट कुनै प्रकारको पेश्की तथा ऋण सुविधा लिन पाउने छैनन् । यस्ता संस्थाको सञ्चालक समितिमा भएको हेरफेरको जानकारी पनि ७ दिन भित्रमा गरिसक्ने पर्ने निर्देशनमा उल्लेख छ । यस्ता संस्थाको संस्थापकहरुले अनुमति पाएको ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने संस्थागत सुशासनमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै