PRABHU BANK

सिटिजन्स बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानीको लागि युएसडी इ-कम कार्डको सुरुवात

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले युएसडी इ-कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्डको सुरुवात गरेको हो । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक ५ सय अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गरी अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकको अनुसार युएसडी इ-कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस कार्डबाट ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईनमार्फत वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएम बाट नगद झिक्न तथा पिओएसमार्फत कारोबार गर्न नपाइने बैंकले जानकारी दिएको छ । बैंकले आलसम्म १ सय ६७ वटा शाखा, १ सय १८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिब साढे ९ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै