PRABHU BANK

सिटिजन्स बैंकको १६७औं नयाँ शाखा कार्यलय सिराहाको लहानमा, व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले आफ्नो १६७औं नयाँ शाखा कार्यलय सिराहाको लहानमा संचालनमा ल्याएको हो । बुधबार उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको जनाएको छ । नयाँ शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले हालसम्म १ सय ६७ वटा शाखा, १ सय १८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै