DISH HOME

कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक-प्रशिक्षण सम्पन्न

काठमाडौँ । कुमारी बैंकले वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । बैंकले युसएड संगको सहकार्यमा ‘देशै भरि बर्षै भरि’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै प्रदेशमा प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको हो ।

यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।

त्यस्तै, स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका व्यावसायिक एवं उद्यमशील संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै