काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत भाद्र २६ गते ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणको असोज १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने उल्लेख गरेको छ ।