PRABHU BANK

सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन

Sarathi Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोज भएको छ । चैत्र १९ गते बिहीबार दुई लघुवित्तको एकैदिन बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो ।जसमध्ये सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५९६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १७२६ रुपैयाँमा भएको थियो ।
यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाको १५.३५ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता १९६० रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २२६१ रुपैयाँमा भएको थियो । यससँगै बिहीबारको बजारमा दुबै कम्पनीको कारोबार समायोजन पछिको सेयर मूल्यबाट सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै