PRABHU BANK

वाणिज्य बैंकहरूको आधार दर घट्यो, कुन बैंकको आधार दर कति ?

काठमाडौँ ।  भदौ महिनामा वाणिज्य बैंकहरूको आधार दर घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण भदौमा बैंकहरुको आधार दर औसत ०.२५ प्रतिशतले घटेको हो ।

भदौ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ७.९२ प्रतिशत कायम भएको छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्टाण्डर्ड चार्टर्ड बैंकको छ । उक्त बैंकको आधार दर ६.२२ प्रतिशत छ ।

दोस्रोमा  राष्ट्रिय वाणिज्य बैंकको आधार दर कम छ । उक्त बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ ।

यता, कृषि विकास बैंकको आधार दर ८.१८ प्रतिशतबाट घटेर ७.९६ प्रतिशत, नबिल बैंकको ७.६२ बाट घटेर ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७.४५ प्रतिशतबाट ७.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ८.०३ बाट ७.७७ प्रतिशत, सिद्धार्थ बैंकको ८.२० प्रतिशतबाट ७.९३ प्रतिशत र  प्रभु बैंकको ८.२० प्रतिशतबाट घटेर ७.९५ प्रतिशत कायम भएको छ ।

त्यस्तै, एनएमबी बैंक ८.४२ प्रतिशतबाट ७.९८ प्रतिशत, सिटिजन्स बैंकको ८.५७ प्रतिशतबाट ८.४२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशतबाट ८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ८.३० प्रतिशतबाट घटेर ८.११, लक्ष्मी सनराइज बैंकको ८.७० प्रतिशतबाट ८.३९ प्रतिशत, हिमालयन बैंक ८.९१ प्रतिशतबाट ८.५३ प्रतिशत, प्राइम कमर्सियल बैंक ८.७७ प्रतिशतबाट ८.५७ प्रतिशत, कुमारी बैंक ९.२३ प्रतिशतबाट ८.९० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ६.३८ बाट ६.२२ प्रतिशत र एनआइसी एसिया बैंक ९.२४ प्रतिशतबाट ९.२२ प्रतिशत आधार दर कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै