PRABHU BANK

सिन्धु विकास बैंकमा रोजगारी खुल्यो

काठमाडौँ । सिन्धु विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि रोजगारी खुलाएको हो ।

बैंकले एक सूचना जारी गर्दै आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् । साथै, आवेदकको उमेर ४५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले ३ वर्ष देखि ७ वर्ष काम गरेको अनुभव हुनेलाई बढी प्राथमीकता दिइने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै