काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नछाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै नयाँ नोट छाप्दै आए पनि यस वर्षको दशैँका लागि भने नयाँ नोट नछाप्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले दशैँमा नयाँ नोटको प्रयोग गर्दा चाँडै फाट्ने र पुरानो हुने गरेको उल्लेख गरेको छ ।
यसपालिको दशैँमा भने पुरानो नोटले नै काम चलाउनु पर्ने भएको छ । त्यस्तै, नयाँ नोट नछापे पनि पुरानै पैसाको सफा नोट भने सटही गरिने राष्ट्र बैंकले जनाएको छ ।