PRABHU BANK

माछापुच्छ्रे बैंकले कर्जा सुविधामा छुट गर्दै, अफरहरू भाद्र ३१ गतेसम्म लागू हुने

काठमाडौँ । माछापुच्छ्रे बैंकले कर्जा सुविधामा छुट गर्ने भएको छ । बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै एक महिनाको लागि घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै, कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुटसमेत हुने बैंकले जनाएको छ ।

यता बैंकले एक करोडसम्मको साना तथा मझौला कर्जाको लागि आधार दरमा १५ प्रिमियम ब्याजदरमा उपलब्ध गराउने भएको छ । यो अफरहरू भाद्र ३१ गतेसम्म लागू हुने बैंकले जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै