PRABHU BANK

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो स्काई क्लब कार्ड, कार्डको प्रयोग गरेर विभिन्न सुविधा पाउन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको हो । भिसाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले पाउन सक्नेछन् ।

बैंकका अनुसार कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुनेछ । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई-कमर्श भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्नुका साथै प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि पाउने छन् ।

एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ । साथै, कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै