PRABHU BANK

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त, बैंकिङ क्षेत्रमा साढे २ दशक काम गरेको अनुभव

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको सीइओका रुपमा नियुक्त गरेको हो ।
उनीसँँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीइओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव छ । साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेका उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै