काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भएको बताएका छन् । सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भएको भन्दै ओलीले बैंकहरूको ऋण प्रहाव गर्ने प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
योसँगै उनले सम्पत्ती राखेर ऋण दिनु भन्दा परियोजना धितो राखेर ऋण दिनुपर्नेमा जोड दिएका छन् ।
साथै, उनले परियोजनाको मूल्यांकन गरेर ऋण प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका छन् ।