DISH HOME

एन आई सी एशिया बैंकका ग्राहकहरूलाई केसर स्वीट्स एण्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

  • बैंकिङ संसार
काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकहरूले काठमाडौं स्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा मिठाईका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्समा एन आई सी एशिया बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
मिठाईका परिकारहरू खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउन एन आई सी एशिया बैंक र केसर स्वीट्स एण्ड फुड्सबीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् ।
यस बैंकमा खाता सञ्चालन गरिई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरू खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट ह’ने समझदारी पत्रमा उल्लेख छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
बैंकले देशको कुल जनसङ्ख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै