PRABHU BANK

रिलायन्स फाइनान्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने मुख्य विषय

Reliance Finance
  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी वैशाख २२ गते वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको लाभांश पारित गर्न आफ्नो ११औं वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा सो दिन बिहान ११ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा भर्चुअल माध्यमबाट हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्नेछ । सभाले पारित गरेसँगै संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । साथै सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई अनुमोदन पनि गर्नेछ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी वैशाख १० गते बुक क्लोज गर्ने भएको छ । जसकारण वैशाख ९ गतेसम्म कायम भएका सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ भने १० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघ्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै