PRABHU BANK

नेपाल बैंकले धितो सुरक्षणमा रहेको घरजग्गा लिलाम गर्दै…(सूचनासहित)

काठमाडौँ । नेपाल बैंकले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले  यस्तो सूचना निकालेको हो ।

बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि ताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो ।

बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै