PRABHU BANK

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच सम्झौता भएको छ । बैंक र प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा मंगलबार प्रहरी प्रधान कार्यालयमा सम्झौतामा भएको हो ।

नेपाल बैंकका प्रमूख वित्त अधिकृत प्रकाश कूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको विभिन्न सूविधा रहने तलबी खाता खोली बैंक नियमानूसार बिना धितो कर्जा तथा अन्य बैकिङ सूविधा पाउने भएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै