काठमाडौँ । बङ्गलादेशको केन्द्रीय बैंकका गभर्नरले राजिनामा दिएका छन् । बङ्गलादेशको केन्द्रीय बैंकका गभर्नर काजी सइदुर रहमानले राजिनामा दिएका हुन् ।
उनीसँगै केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले पनि राजिनामा दिएका छन् ।
त्यस्तै, विद्यार्थीहरूले गरेको आन्दोलनको प्रेसरका कारण गभर्नरले राजिनामा दिएको बुझिएको छ ।