PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने

Excel Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्ताव चैत्र २६ गते अपरान्ह बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
बैंठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै