PRABHU BANK

बैंक तथा वित्तीय संस्थाका शाखा सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखाहरु आइतबार पनि खुल्ला हुने भएका छन् । सरकारले घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको थियो । तर राजस्व संकलन गर्नको लागि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखाहरु खुल्ला हुने भएका हुन् । नेपाल राष्ट्र बैंकले नै सूचना जारी गरि राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो । यस्तै क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै