PRABHU BANK

नेपाल एसबिआई बैंकले कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग गर्दै बागलुङको शाखा स्थानान्तरण गर्यो

काठमाडौँ । नेपाल एसबिआई बैंकले कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुहरूको सहजताका लागी आर्थिक सहयोग गरेको हो ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ । साथै, बैंकले आफ्नो बागलुङ नगरपालिका २, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं ३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ ।

त्यस्तै, कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, यादवेंद्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै